पोखरा । पोखरामा बुधबार रातिको वर्षाले पोखरा ३ नदिपुरमा जमिन भासिदा तीन वटा घरमा क्षति पुगेको छ ।
प्रहरीका अनुसार स्थानिय देउ वहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको हो । घर अगाडि आँगनमै भ्वाङ पर्दा गेट भत्किएको छ । सडकको बीचसम्म जमिन चर्किएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रबिन्द्रबहादुर प्रजुले थप क्षति हुन नदिन सबै बैकल्पिक उपाय अपनाउने र भत्किएका घर गेट बाटो चाँडै बनाउन वडा र महानगरपालिकाको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तस्विर पत्रकार दिपेन्द्र श्रेष्ठको फेसबुकबाट