Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७८ बिहिवार • ११:४३:४२ बजे
  • 1.8K
    SHARES
  • तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

    तनहुँ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् ।

    images

    शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

    स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला पारेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधारी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology