पोखरा। लागु औषधसहित पोखराबाट ६ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका -२ अर्चलबोट बस्ने ३० वर्षीय अभिनाश शाहीसहित ६ जनालाई कास्की प्रहारले पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीको घरमा लागु औषध सेवन गरी मानिसहहरु बसिरहेको भन्ने सूचनाका आधारमा मंगलबार दिउँसो वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट ४ सय ४४ ग्राम गाँजा, ६ ग्राम १६ मिलिग्राम अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र नगद ६४ हजार ७५ रुपैयाँ लगायत डिजिटल तराजु समेत वरामद गरेको छ।
उनीहरुमाथि आवश्यक अनुसन्धन भैरहेको प्रहरीले जानकारी दिएको छ।