पोखरा। पोखरा रंगशालामा पार्किङमा राखेको बसको ब्याट्री चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१० रंगशाला गेट अगाडि पार्किङमा राखेको ना ५ ख २१६९ नं को बसको २ वटा ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा -९ पृथ्बीचोक बस्ने २१ वर्षीय मनोज गुरुङ र १८ वर्षीय विकास गुरुङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले गएको सोमबार अन्दाजी ७:३० बजेको समयमा ‘लिभरगार्ड इनर्जी अनलिमिटेड -१५० अह्’ नाम लेखेको २ वटा ब्याट्री चोरी गरेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ।