पोखरा । उदयपुरमा चट्याङ लागेर १४ बर्षीय बालकको मृत्यु भएको छ ।
जिलाको त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अविरल वर्षातसँगै परेको चट्याङ लागेर उनी अचेत बनेका थिए ।
उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।