Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७८ बिहिवार • १७:४७:३३ बजे
  • 2.1K
    SHARES
  • मोटरसाइकलको ठक्करबाट  पैदलयात्रीको मृत्यु

    ओखलढुङ्गा । ओखलढुङ्गामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

    images

    मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर छिन्।

    बुधबार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    मोटरसाइकल र चालक सोही स्थानका २१ वर्षीय रेवतबहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा छन्।

    घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology