पोखरा । पछिल्लो २४ घण्टामा देश भर थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ।
हाल सक्रिय संक्रमित ३३ हजार ९४६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ। यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७६६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना संक्रमित थपिएका हुन्।