Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि, किन युवा यो रोगको शिकार भइरहेछन् ?

पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि, किन युवा यो रोगको शिकार भइरहेछन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७८ शुक्रवार • ११:१०:१४ बजे
  • 1.5K
    SHARES
  • पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि, किन युवा यो रोगको शिकार भइरहेछन् ?

    युवामा मुटुसँग सम्बन्धित रोगका मुख्य कारण के हुन् त्यसबारे जानकारी लिऔं ।

    images

    आजकाल धेरैजसो युवा १८ देखि २५ वर्षको उमेरमा नै धुम्रपान र मद्यपानका आदी हुन्छन् । डाक्टरलाई विश्वास गर्ने हो भने युवाहरुको यो बानी उनीहरुलाई कार्डियोभास्कुलर (मुटुसम्बन्धि) रोगको शिकार बनाइरहेको छ । वास्तवमा, कार्डियोभास्कुलर हार्ट डिजिज एक गम्भीर समस्या हो जो अनेक प्रकारको मुटुरोगको कारण बन्ने गर्छ । साधारणतया मुटु सम्बन्धित रोग एक उमेरपछि मानिसहरुमा देखिने गर्छ तर पछिल्लो एक वर्षमा हृदयघातका कारण युवाहरुको मृत्युमा वृद्धि भएको छ ।

    जंक फूडः

    आजका धेरैजसो युवा पीढि आफ्नो भोक मेटाउनका लागि घरको खानाको साटो जङ्क फूडमा निर्भर हुन्छन् । उनीहरुको थालमा धेरैजसो तारेको भुटेका खानेकुरासहित चिनियाँ फूड समावेश हुन्छन् । जसका कारण उनीहरुको शरीरमा क्यालोरीको मात्रा बढ्ने गर्छ र यसको प्रत्यक्ष असर उनीहरुको मुटुमा पर्दछ ।

    कामको प्रेसरः

    व्यस्त जीवनशैली र भागदौडका कारण युवा आजकाल आफ्नो खानाप्रति ध्यान दिँदैनन । भोक लाग्दा उनीहरु बाहिर पाइन् जङ्क फूडमा निर्भर हुन्छन् । लगातार घण्टौं काम गर्दा र जङ्क फूडको सेवनको सीधा असर रक्त नलीमा पर्छ । यसैकारण कम उमेरमा नै आजकाल रक्तचापको शिकार बन्ने गर्छन् ।

    साइड इफेक्टः

    युवामाझ सेलिब्रिटीको क्रेज यति धेरै छ कि उनीहरु त्यस्तै शरीर बनाउन घण्टौं जिममा पसिना बगाउँछन् । पसिना बगाउनेसम्म त ठिक छ तर थुप्रै स्थानमा जिममा युवालाई अत्यधिक पोषक तत्व लिन सल्लाह दिइन्छ । पौष्टिक तत्वको चक्करमा युवा एम्बोलिक स्टेरोइडजस्ता उत्पादन प्रयोग गर्न थाल्छन् । जसका कारण हृदयघातको खतरा बन्नेगर्छ ।

    हृदयघातको लक्षणः

    हुन त हृदयघातको कुनै निश्चित समय हुँदैन । व्यक्ति जुनसुकै बेला पनि यो रोगको चपेटमा आउन सुक्छन् । तर यति हुँदा हुँदै पनि हृदयघात हुनु एक महिना अघि यस्ता केही लक्षण देखिन्छन् जसबारे व्यक्ति सचेत हुनुपर्छ । असाध्यै थकाई लाग्नु, निद्रा नलाग्नु, सास फेर्न समस्या हुनु, छातीमा बेचैनी, झुसिलो डकार, अनियमित मुटुको धड्कन र खुट्टा सुन्निनेलगायत हुने गर्छ ।

    यसरी बच्न सकिन्छः

    युवा यो गम्भीर रोगलाई नियमित व्यायाम गरेर टाढा राख्न सक्छन् । डाक्टरलाई विश्वास गर्ने हो भने आजको तनावले भरिएको जीवनशैलीमा दैनिक व्यायाम गरेर रक्तसञ्चार ठिक गर्न सकिन्छ । यसबाहेक खानामा अत्यधिक मात्रामा फलफूल र सागसब्जी पनि समावेश गर्नुहोस् । स्वस्थ मुटुका लागि कम चिल्लो भएका खानालाई आफ्नो आहारमा समावेश गर्नुहोस् । जङ्क फूडको सेवन सकेसम्म कम नै गर्नुहोस् र खाना समयमा नै खानुहोस् ।

  • सम्बन्धित विषय:

  • # हृदयघात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology