पोखरा । पोखरामा खोलाले बगाएर एक जना पुरुषको ज्यान गएको छ ।
पोखरा महानगरपालिका ३२ स्थित खुदीखोलाले बगाउदा सोही स्थान बस्ने रमेश मगरको आज बिहान ज्यान गएको हो ।
खोलाले बगाई केही पर रुखमा अड्किएको अवस्थामा उनको उद्दार गरिए पनि शिशुवा अस्पताल लेखनाथमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ ।