Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु

तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७८ शुक्रवार • १८:००:५४ बजे
  • 4.1K
    SHARES
  • तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु

    तनहुँ । तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ ।

    images

    आज (शुक्रबार) बिहान चट्याङ लागेर भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो ।

    घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा उनको मृत्यु भएको जनाइएको छ ।

    विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology