Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको,कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको,कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • ११:०१:३३ बजे
  • 760
    SHARES
  • प्रहरीले बरामद गरेको ४ किलो सुन नेपालगन्जका व्यापारीको,कसरी छिर्‍यो विमानस्थलबाट सुन ?

    शुक्रबार दिउँसो बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो २१।४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ गर्‍यो । सुनसहित पक्राउ पर्नेहरू काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा नेपालगन्ज गएका थिए । बाँके प्रहरीका अनुसार उक्त सुन झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २८ बुद्धिमान खातीले जुत्ताको तलुवामा राखेर नेपालगन्ज पुर्‍याएका हुन् । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेहरू सुन बोक्ने भरिया भएको बताए । ‘उक्त सुन नेपालगन्जका व्यापारीको हो, तीन जना व्यापारीको नाममा बिल काटिएको छ’ अधिकारीले भने, ‘बिल पनि संकास्पत छ ।’ व्यापारीको नाम भने उनले खुलाउन चाहेनन् । ‘थप सोधपुछ गरेर सुनसहित उनीहरूलाई राजश्व अनुसन्धान कार्यालयमा बुझाउँछौ’ अधिकारीले भने,‘आवश्यक अनुसन्धान र कारवाही राजश्व अनुसन्धानले नै गर्छ ।’ श्री एयरलाइन्सको जहाजमा दुई जनाले सुन ल्याएर नेपालगन्ज आउँदैछन् भन्ने सूचना प्रहरीलाई जहाज अवतरण हुनुभन्दा करिब पाँच मिनेट अघिमात्रै पुगेको थियो ।

    images

    प्रहरी उपरीक्षक अधिकारीले काठमाडौंबाट आएको विशेष सूचनाका आधारमा उक्त सुन बरामद गरेको बताए । ‘दुई जना युवा सुन ल्याएर जहाजमा आउँदैछन् भन्ने सूचना आएपछि सबै यात्रुलाई निगरानीमा राखियो’ अधिकारीले भने, ‘जुत्तामा सुनको बिस्कुट राखेकाहरूलाई हिँडडुल गर्नै अफ्ठेरो भएजस्तो देखिएपछि खानतलासी गर्दा सुन भेटिएको हो ।’ प्रहरीका अनुसार लगुनले लगाएको दुबै जुत्ताको तलुवामा २र२ बिस्कुट र बुद्धिमानले लगाएको जुत्ताको तलुवामा १र१ बिस्कुट गरी ६ थान बिस्कुट भेटिएको हो ।

    जुत्ताको तलुवामा लुकाएको उक्त सुन ३ किलो ९९४ ग्राम र बुद्धिमानले बोकेको झोलामा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको ९तौल २७।४९ ग्राम० गरी जम्मा ४ किलो २१।४९ ग्राम सुन भेटिएको बाँके प्रहरीले जनाएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै छिरेको चार किलो बढी सुन नेपालगन्जमा समातिएपछि विमानस्थलको सुरक्षा व्यवस्थामाथि फेरि प्रश्न उठेको छ । अवैध सुन तस्करीका थुप्रै घटनामा प्रश्न चिन्ह खडा हुने विमानस्थलको सुरक्षा व्यवस्थामाथि यस पटकको सुन काण्डले पनि प्रश्न उब्जाएको छ । कडा चेकजाँच हुने विमानस्थलबाट सहजै सुन नेपालगन्ज पुग्नुले कतै सुरक्षाकर्मीकै मिलेमतो होकी भन्ने पनि आशंका उब्जिएको छ ।

    त्रिभुवक विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले विमानस्थल भएर नेपालगन्ज सुन पुगेको घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘विमानस्थलबाट नै कसरी सुन छिर्‍यो हामी अनुसन्धान गर्दैछौँ’, बास्तोलाले भने, ‘अनुसन्धान नगरेरै केही भन्न सकिदैन ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले विमानस्थलबाट सुन छिरेर नेपालगन्ज भेटिएको घटनाबारे आफूले समाचार पढेर थाहापाएको बताए ।

  • सम्बन्धित विषय:

  • # ४ किलो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology