Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७८ शनिवार • १८:४७:१४ बजे
  • 796
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ जनामा र एन्टिजेनविधिबाट ८४ हजार ९३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ |

    images

    देशभर हाल ३१ हजार ९२६ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये २९ हजार ६५८ जना होमआइसोलेसनमा, २ हजार १६८ जना संस्थागत आइसोलेसनमा, ५५४ जना सघन उपचार कक्षमा र १७२ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप २ हजार १९५ जना निको पनि भएका छन् |

    कूल संक्रमितमध्ये ७ लाख २५ हजार ६५१ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन् |

    हालसम्म १० हजार ८१८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ५५ लाख ११ हजार ९२९ जनाले पहिलो मात्रा र ४८ लाख ६३ हजार ८३५ जनाले खोपको दुवै मात्रा लगाइसकेका छन् |

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology