मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना हुदाँ दाङमा एक पुरुषको ज्या’न गएको छ । गएराती लमही नगरपालिका ४ रातोडाँडा भन्ने स्थानमा मोटरसाइकल दु’र्घटना हुदाँ लमही ४ हसनपुरका ४६ बर्षीय शिव गिरीको ज्या’न गएको हो । गिरी सवार रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घ’टना भएको थियो । मोटरसाइकलमा सवार गिरी ग’म्भीर घा’इते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उ’पचारकै क्रममा उनको राती पौने १२ बजे मृ’त्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।