Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोना नागोयाको दोस्रो अधिबेसन सम्पन्न अध्यक्षमा किसान

मोना नागोयाको दोस्रो अधिबेसन सम्पन्न अध्यक्षमा किसान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७८ आइतवार • १६:५३:५८ बजे
  • 1.8K
    SHARES
  • मोना नागोयाको दोस्रो अधिबेसन सम्पन्न अध्यक्षमा किसान

    म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रबासी संघ मोना जापान अन्तर्गत क्षेत्रिय समिती नागोयाको दोस्रो अधिबेसन सम्पन्न भएको छ।

    images

    आसन्न मोना राष्ट्रिय समिती जापानको अधिबेसनलाई लक्षित गरी सबै क्षेत्रहरुको अधिबेसन तथा भेलाहरु गर्ने कार्यक्रम अन्तरगत भेलासम्पन्न गरिएको हो।अधिबेसनले राम किसानको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको छ समितीको उपाध्यक्षहरुमा रमेशबिश्वकर्मा,हेमन राना,सचिब सागर थापा,सहसचिब भरत केसी,कोषाध्यक्ष मुना पु्र्जा कार्की,सहकोषाध्यक्ष जीवन घर्ती  सदस्यहरुमा क्रमश लोक प्रसाद गौचन,अनुपम केसी,तेजिन्द्र केसी,भिमप्रसाद बुढाथोकी,लेशन तिलिजा,दुर्गा राना,तेजिन पुन,प्रकाश हमाल,संगितापुन,बेल प्रसाद तुलाचन,बाबुराम खाती,पर्ण थजाली र बिमल घिमीरे चयन हुनु भएको निबर्तमान अध्यक्ष रुपेश चोचांगीले मयुरपाटीलाई जानकारी दिनु भएको छ।

    नवनिर्बाचित समितीको संरक्षकमा संघका निबर्तमान अध्यक्ष रुपेश चोचांगी सल्लाहकारहरुमा संघका राष्ट्रिय अध्यक्ष दिपक कार्की,टकबहादुर पुन र गम्भिर सिउॅथानी रहनु भएको छ।

    कोरोना कहरको कारण भर्चुवल माध्यम बाट गरिेएको अधिबेसन संघका अध्यक्ष रुपेश चोचांगी पुन को अध्यक्षता,मोना राष्ट्रिय कार्यकारी समितीका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता,सचिब टक चोचांगी पुनको संचालनमा सम्पन्न भएको थियो।

    कार्यक्रमलाई मोना अन्तराष्ट्रिय कार्य समितीका बरिष्ठ सल्लाहकार दधिलाल खड्का,एनआरएनए जापानका उपाध्यक्षराजकुमार अधिकारी,सचिब श्याम शितल श्रेष्ठ, आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष सबिन चाम्लिगं राई गल्कोट समाजजापानका अध्यक्ष याम खत्री लगाएतले शुभकामना दिनु भएको थियो।

     

     

     

     

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology