Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरो पुरिएर १ बालिका र १ बृद्ध महिलाको निधन

पहिरो पुरिएर १ बालिका र १ बृद्ध महिलाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७८ सोमवार • ०९:३०:१२ बजे
  • 616
    SHARES
  • पहिरो पुरिएर १ बालिका र १ बृद्ध महिलाको निधन

    अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको रोल्पा नगर पालिका १० धबाङमा २ जनाको मृ'त्यु भएको छ । पहिरो पुरिएर १ बालिका र १ बृद्ध महिलाको निधन भएको हो |

    images

    विगत तीन दिनदेखि परेको अविरल वर्षाको कारणले गएराती १ बजे पहिरो गएको हो । पहिरोले घर पुरिंदा ५ बर्षीया बालिका र ७० बर्षीया गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए |

    उनका अनुसार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली लगायत स्थानीयबासी उद्धार कार्य भैरहेको छ |

    घटनाबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो जानकारीमा आएको भन्दै उद्धार र राहतका लागि जिल्ला प्रशासन रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पालाई निर्देशन गरि सकिएको बताए |

  • सम्बन्धित विषय:

  • # बृद्ध महिलाको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology