Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अविरल वर्षाले सिन्धुपाल्चोक मेलम्चीको विभिन्न ठाउँमा पहिरो,हेलम्बु राजमार्ग अवरुद्ध

अविरल वर्षाले सिन्धुपाल्चोक मेलम्चीको विभिन्न ठाउँमा पहिरो,हेलम्बु राजमार्ग अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७८ सोमवार • ०९:४५:१९ बजे
  • 895
    SHARES
  • अविरल वर्षाले सिन्धुपाल्चोक मेलम्चीको विभिन्न ठाउँमा पहिरो,हेलम्बु राजमार्ग अवरुद्ध

    गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ र १३ का विभिन्न ठाउँमा पहिरो गएको छ |

    images

    पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो |

    सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए |

    वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक खु्लाउन सकिने प्रहरीले जनाएको छ । अवस्था निकै जोखिमपूर्ण रहेको भन्दै वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ |

  • सम्बन्धित विषय:

  • # अविरल वर्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology