सांकेतिक तस्बिर
संखुवासभामा एकै परिवारका ६ जनाको ह'त्या भएको घट्नाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लाको मादी नगरपालिका-१ को उम्लिङमा एकै परिवारका ६ जनाको ह'त्या भएको छ |
प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको जानकारी दिए |
घटना संलग्न नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको प्रहरीले जनाएको छ |
घटनाको जानकारी प्राप्त भएलगत्तै एसपी साबको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ' प्रहरी प्रवक्ता राईले भने, तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान हुनेछ |
घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने उनको भनाई छ । प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ |
परिवारका केही सदस्यको घर भित्र र केहीको श'व घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ |
५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह'त्या भएको हो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ'त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ |
यसैगरी जिल्लाको प्रहरीको टोलीपनि घटना स्थलतर्फ गएको छ घर। घटना भएको घर गाउँको एकान्तमा रहेको बताइएको छ |