पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६०९ आरटी पिसिआर र ४ हजार ३७० एन्टिजेन गरी कुल १५ हजार ९७९ जनामा परीक्षण गरिएकोमा १ हजार ८९७ जनामा को'रोना सं'क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |
देशभर ३० हजार ९७३ जना संक्रिय सं'क्रमित छन् । सं'क्रमितहरूमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा, २ हजार ६२ संस्थागत आइसोलेसनमा र २६० जना क्वारेन्टिनमा रहेका छन् |
मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५१२ जना र भेन्टिलेटरमा १६३ जना उपचाररत छन् । देशभरबाट १ हजार ७४३ जना कोरोना सं'क्रमणमुक्त भएर फर्किएका छन् |
योसँगै को'रोना जितेर फर्कनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ |
२४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृ'त्यु भएको भएको छ । हालसम्म मृ'त्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ |