को'रो'ना (को'भि'ड–१९) सङ्क्रमण निको भएकामा पोस्ट को'भि'ड जोखिम बढिरहेको छ । यस्तो समस्यालाई चिकित्सकहरूले को'भि'ड निको भएपछि हुने समस्या भनेका छन् ।
यस्तो समस्याले कतिपयको ज्यानै लिन सक्ने अवस्था देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले कोरोना स'ङ्क्र'मि'त निको भएपछि पोस्ट को'भि'डका लक्षण देखिएको जानकारी दिए ।
उनले पोस्ट कोभिडका कारण कम्मर, ढाड, मस्तिष्कघात, पक्षघात साथै मुटु हल्लिएको अनुभूति हुने, फोक्सो, मिर्गौला, छाला, आँखाको समस्या हुने बताए ।
पोस्ट को'भि'ड भएका बिरामीमा मनोपरामर्श आवश्यक रहेको बताउँदै भने, “विशेष गरी पोस्ट को'भि'डका लक्षण सघन कक्षमा पुगेर निको भएका बिरामीमा देखिएको छ ।” अस्पतालमा हुँदा अन्य मानिसको ज्यान गएको देख्दा आफूलाई पनि यस्तै हुन्छ कि भन्ने मनोभाव हुन्छ ।
फेरि पनि समस्या आउँदा धेरै डराउने भएका कारण मनोपरामर्शको आवश्यकता रहेको जानकारी दिए । पोस्ट को'भि'डका लक्ष युवा नै धेरै देखिएको र अस्पतालमा ५० प्रतिशत जति यस्ता बिरामी आएको डा. पुनले जानकारी दिए ।
को'रो'ना स'ङ्क्र'मण भएको बेला निकै गाह्रोे भएको थियो, न्युरोडकी ३८ वर्षीया मनिता दहाललाई । कम हुन एक महिना लागेको उनी भन्छिन्, “निको हुँदै गएपछि कपाल झर्न सुरु भयो । यति धेरै झर्यो अगाडि तालु नै भयो ।
को'रो'ना स'ङ्क्र'मण भएपछि यस्तै हुन्छ भनेर सोच्यो तर कपाल झर्ने कम नभएपछि अस्पताल गएपछि थाहा भयो मलाई पोस्ट को'भि'ड अर्थात् को'रो'ना निको भएपछि हुने समस्या भएको जानकारी दिए। धेरैले पोस्ट को'भि'डका कारण विभिन्न समस्या भोग्नु परेको चिकित्सकको भनाइ छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।