Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सङ्खुवासभा ह'त्या प्रकरण : नगद र गरगहना सुरक्षित, ह'त्या रहस्यमय

सङ्खुवासभा ह'त्या प्रकरण : नगद र गरगहना सुरक्षित, ह'त्या रहस्यमय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • ०९:३९:५७ बजे
  • 1.1K
    SHARES
  • सङ्खुवासभा ह'त्या प्रकरण : नगद र गरगहना सुरक्षित, ह'त्या रहस्यमय

    दमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए।

    images

    त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको ह'त्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ।

    प्रारम्भिक आशंकाले मेल नखाएपछि ह'त्या ‘रहस्यमय’ बनेको छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो।

    बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको श-व सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि ह-त्या भएको थियो।

    वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि प'क्रा'उ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन।

    प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन। खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बी'भ'त्स ह-त्या भएको दुई दिन बित्दासमेत अभियुक्त प'क्रा'उ पर्न सकेका छैनन्।

    घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि ह'त्या गरेको आशंका गाउँलेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सङ्खुवासभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology