Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संखुवासभा ह'त्या प्रकरणः सिंगो गाउँ नै शोकमा,मृ'तकको दा'ह'संस्कार इटहरीमा गरिने

संखुवासभा ह'त्या प्रकरणः सिंगो गाउँ नै शोकमा,मृ'तकको दा'ह'संस्कार इटहरीमा गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १८:५५:०५ बजे
  • 907
    SHARES
  • संखुवासभा ह'त्या प्रकरणः सिंगो गाउँ नै शोकमा,मृ'तकको दा'ह'संस्कार इटहरीमा गरिने

    परिवारै सखाप बनाएको घ-ट-नाले मादी–१ उम्लिङ खोलागाउँ शोकमा डुबेको छ । अहिलेसम्म ह-त्या-रा पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीय रणबहादुर कार्कीले बताए ।

    images

    घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए । घ-ट-नाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीय कार्कीले बताए ।

    उनीमात्रै होइन सिंगो खोलागाउँ त्रसित छ । घटना भएको तीन दिन वि-त्दा पनि ह-त्या प्रकरण रहस्यमै छ । स्थानीयका अनुसार ह-त्या-मा सं-ल-ग्नलाई तालिम प्राप्त कुकुरलेसमेत पत्ता लगाउन नसक्दा अझै रहस्यमय भएको छ । प्रहरीले घटनाका बारेमा कुनै नयाँ संकेत फे-ला पारेको छैन ।

    सीआईबी टोली घट-ना-स्थ-लमै

    रहस्यमयी घटनाको अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक ह-त्या-का-ण्ड-को अनुसन्धानमा तालिमप्राप्त कुकुर र विज्ञ टोलीले अहिलेसम्म कुनै तथ्य फेला पार्न सकेको छैन । अपराध अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको एसपी भीम दाहाल नेतृत्वको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन सकेको छैन ।

    धरानबाट आएको कुकुरसहितको विज्ञ टोली घटनास्थलमा खटिए पनि सुराक पत्ता लगाउन नसकेपछि मंगलबार दिउँसो श-व पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

    प्रहरी र स्थानीयको जानकारीअनुसार तेज बहादुरको श-व घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा श-व फेला परेको थियो । घटना राति भयो कि बिहान अझै अन्योल यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अझै अन्योल छ ।

    एकमात्र जीवित बौद्धमानकाअनुसार सपरिवार बेलुका ६ र ७ बजेतिर खाना खाएर सुतेको थियो । घटनामा परेकाहरुको श-वको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य ५ जनाले चप्पल, स्यान्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन ।

    यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेकाहरु चप्पल, जुत्ता लगाएको नहुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ?

    यो प्रश्नमा प्रहरी अनुसन्धान घुमेको छ :

    ह-त्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमिएको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रसारण भएअनुसार धारिलो हतियार प्रयोग गरि ह-त्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको प्रहरीको भनाइ छ ।

    उनीहरुको शव घोप्टीएको अवस्थामा रहेको थियो । पार्वतीको श-व आँगनबाट ओछ्यानमा जीवित रहेका बौद्धमान आफूलाई घटनाको विषयमा कुनै जानकारी नभएको बताउँछन् । उनले बिहान घरमा कोही नउठेपछि आफू उठेर घरबाहिर गई को कता गएछन् भनेर खोजी गरे ।

    तर कोही पत्ता नलागेपछि उनी पुनस् आफू सुतेकै ओछ्यानमा फर्किएका थिए । जुनबेला करिब ८ बजिसकेको थियो । ओछ्यानमा पुगेर अर्को खाटमा सुतेकी आफ्नी श्रीमती पार्वतीलाई उठाउन खोजे । तर उनी उठिनन् । बौदमानले भनेअनुसार पार्वतीलाई मु-र्छा पर्ने पुरानै रोग थियो ।

    निकैबेरपछि पनि पार्वती नउठेपछि बौद्धमानले श्रीमतीको निधन भइसकेको अनुमान गरे । निकैबेरपछि होशमा आउने गरे पनि सोमबार बिहान भने उनी कहिल्यै नउठ्ने गरी गइन् । घटनामा वर्ष ५८ का तेजबहादुर कार्की आमा ८४ बर्षीय पार्वती, ५२ बर्षीया श्रीमती कमला, ३२ बर्षीया बुहारी रञ्जना, ११ बर्षीय नाति दिपेन र ७ बर्षीया नातिनी गोमाको मृ-त्यु भएको थियो । उनका ८५ वर्षीय बुवा बौदमान कार्की भने सकुशल रहेका छन् ।

    १० जनाको परिवार रहेको कार्कीको जेठो छोरो रमेश मलेसिया र कान्छो छोरो नरेश दुबई वैदेशिक रोजगारीमा छन् । कान्छी बुहारी तारा झापाको दमकमा बस्दै आएकी छन् ।

    मृ-त-कको दा-ह-सं-स्कार इटहरीमा गरिने

    सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा ह-त्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीमा गरिने भएको छ । सोमबार बिहान ह-त्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा अन्त्येष्टि गरिने मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए । उनका अनुसार अन्त्येष्टिका लागि तेजबहार कार्कीका कान्छा छोरा रमेश कार्की धरान आइपुगेका छन् ।

    उनी बुधबार बिहानको राति आएका हुन् । मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । श-व भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । तीन दिनसम्म कुनै निष्कर्षमा पुगेको छैन ।

    डीआईजी घटनास्थलतर्फ :

    प्रदेश १ का डीआईजी अरुणकुमार बीसी घ'ट'नास्थलतर्फ लागेका छन् । शंका गरिएको विषयभन्दा वस्तुस्थिति फरक देखिएपछि उनी घटनास्थलतर्फ लागेका हुन् । बुधबार बिहान हिँडेका उनी बेलुकासम्म घ'ट'नास्थलमा पुग्ने बताइएको छ ।

    झापामा जग्गा खरिद गर्ने तयारीमा रहेका कार्की परिवारको पैसाका लागि हत्या भएको आशंका गरिएको थियो । तर पैसा र गरगहना घरमै भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको छ ।

    घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय इकाई प्रहरी कार्यालय धरान, प्रदेश प्रहरीको रिजनल इन्भेष्टिकेशन टिम (रिट) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।

    संघिय प्रहरी इकाई कार्यालयबाट अनुसन्धानको नेतृत्व गर्दै पुगेका प्रहरी उपरीक्षक भीम दाहालको टोलीले प्राविधिक र अन्य टोली फिल्ड इन्भेष्टिकेशनमा खटिएको प्रहरी स्रोतले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology