Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा को'रो'ना सं'क्र'मण पुष्टि

पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा को'रो'ना सं'क्र'मण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १९:५८:५९ बजे
  • 676
    SHARES
  • पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा को'रो'ना सं'क्र'मण पुष्टि

    पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना सं'क्र'मण पुष्टि भएको छ । ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

     पछिल्लो २४ घण्टामा को'रो'ना सं'क्र'म'णबाट १० जनाको मृ-त्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् । बुधबार थपिएकासँगै नेपालमा को'रो'ना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृ-त्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना सं'क्र'मणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना सं'क्र'मण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा को'रो'ना सं'क्र'मण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

     स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा ३४९, ललितपुरमा १५०, मोरङमा १३८, कास्कीमा १३२, सुनसरीमा ७५ र झापामा ७१ जनामा कोरोना सं'क्र'मण पुष्टि भएको छ ।

    भक्तपुरमा ६९, चितवनमा ५५, रुपन्देहीमा ५२, मकवानपुसरमा १९, नवलपरासी पुर्वमा १८, काभ्रेपलाञ्चोक र नुवाकोटमा ११/११ जना तथा धनकुटा र दाङमा १०/१० जना को'रो'ना सं'क्र'मित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जना‍एको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology