Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज देशभरको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभरको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७८ बिहिवार • १०:०६:०४ बजे
  • 544
    SHARES
  • आज देशभरको धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मनसुनी वायुको प्रभावले आज देशभरको मौसममा सामान्य बदली आउने छ । त्यस्तै देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ |

    images

    विभागले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । त्यस्तै देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ |

    हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश नं १, २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ

    पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ |

    त्यस्तै आज सबैभन्दा कम तापक्रम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव शुन्य डिग्री सेल्सियस रहनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ |

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology