संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ह-त्या प्रकरणमा प्रहरीले ह-त्या-रा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घ-ट-नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह-त्या-प-छि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि ह-त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्ति चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह-त्या-पछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह-त्या भएको हुनसक्ने अनुमान गरिएको हो । घ-ट-ना-स्थलको सुक्ष्म अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।
शव फेला परेको ‘लोकेसन’, शवको प्रकृतिलगायतका विषयलाई केन्द्रमा राख्दै प्रहरीले ‘क्राइम सिन’ का आधारमा ‘एक जनाको मात्र ह-त्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले ह-त्या-रा-ले ६ जनाकै ह-त्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।
घटनास्थलको अवस्था :
घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको श-व भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको श-व भेटिएको छ ।
त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको श-व भेटिएको छ । घ-ट-ना-स्थ-लको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मा-रे-को हुनसक्ने अनुमान गरिएको छ ।
तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आक्रमण गरेको पाइएको छ । तेजबहादुरलाई मारेको देखेपछि अन्यमाथि आक्रमण आशंका घटनालाई नजिकबाट नियालिरहेका प्रहरीका अनुसार ह-त्या-राले सबैभन्दा पहिले तेजबहादुरलाई आक्रमण गरेको हुनसक्ने देखिएको छ ।
दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुरको श-व भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चिच्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।
ह-त्या-रा बाटोमा कुरेर बसेको वा खोल्सीमा जम्काभेट हुँदा तेजबहादुरमाथि आ-क्र-म-ण भएको हुनसक्ने प्रहरीले बताएको छ । जब तेजबहादुरमाथि आक्रमण भयो, त्यसपछि उनी चिच्याएको र चिच्याएपछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थलतर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तेजबहादुरमाथि आक्रमण गरिरहेको अवस्थामा हत्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आ-क्र-मण गरी ह-त्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । कमला र रञ्जनालाई पनि आक्रमण गरेपछि उनीहरु पनि कराएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रहरीको अनुमान छ ।
ह-त्या-रालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि लखेटी लखेटी हत्या गरेको हुनसक्ने ‘क्राइम सिन’ले बताएको प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।
तेजबहादुरकी ८४ वर्षीय आमा पार्वती कार्की भने घरमै कुँडो पकाइरहेकी थिइन् । तर घटनाबारे पार्वतीले पनि थाहा पाएको हुनसक्ने भन्दै उनको पनि घरमै गएर हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । तर तेजबहादुरका बुवा वौद्धमान कार्की भने कान नसुन्ने र सुतिरहेका कारण घटनाबारे थाहा नपाएको भन्दै हत्याराले उनलाई भने केही नगरेको हुन सक्ने प्रहरीले बताएको छ
"टार्गेटमा तेजबहादुर मात्रै ".
प्रहरीका अनुसार घटना बिहान ५ बजेदेखि ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । किनभने घटना भएको दिन तेजबहादुरले आफ्नो बारीमा खेताला बोलाएका थिए ।
त्यसकारण तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थिए । तर बाटो कुरेर बसेका वा जम्काभेट भएका ह-त्या-राले आवेगमै तेजबहादुरमाथि आक्रमण गरेको हुनसक्ने घ-ट-नास्थलको अध्ययनले बताएको प्रहरीको भनाइ छ ।
त्यसपछि तेजबहादुरको चिच्याहट वा गुहारका कारण परिवारका अन्य सदस्यहरु पनि उनलाई बचाउन पुग्दा उनीहरु सबैमाथि आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफ्नो पहिचान खुल्ने डरले ह-त्या-राले सबैको ह-त्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
घटना करिब २० मिनेटभित्रै भएको हुनसक्ने र त्यो समय भनेको बिहान ५ बजेदेखि ५ः ४० को बीचमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ । घटनामा घरेलु हतियारको प्रयोग तेजबहादुर लगायत परिवारका अन्य सदस्यहरुको ह-त्या-मा घरेलु हतियारको प्रयोग भएको हुनसक्ने प्रहरीको निस्कर्ष छ ।
प्रहरीका अनुसार घटनामा कोदालो वा त्यस्तै प्रकारको घरेलु हतियारबाट आक्रमण भएको बुझिएको छ । ३२ वर्षीय रञ्जनाको घाँटीमा ह-ति-यारले काटेको जस्तो पनि देखिएकाले घटनामा कोदालो वा त्यस्तै प्रकारको हतियारको प्रयोग भएको प्रहरीको निष्कर्ष छ ।
सबैको टाउकोमा प्रहार गरी ह-त्या गरिएको कारण कोदालो वा ढुङ्गा फुटाउन प्रयोग हुने घनजस्तै हतियारको प्रयोग भएको अनुमान गरिएको छ । ८ लाख बढी नगद र सुन घरमै पहिलो चरणमा लुटपाटको उद्देश्यका साथ घटना भएको अनुमान गरिए पनि ह-त्यापछि घरमा लुटपाट भएको नपाइएको प्रहरीले जनाएको छ ।
घरको खानतलासी गर्ने क्रममा प्रहरीले ८ लाखभन्दा बढी नगद र सुनका गरगहना भेट्टाएको छ । त्यसकारण घटना लुटपाटको उद्देश्यबाट नभई आवेग वा अन्य रिसिइबीका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
बाहिरबाट मान्छे आएर ह-त्या गर्ने सम्भावना कम भएको कारण घटनामा चिनजानको व्यक्ति संलग्न भएको र धेरै टाढाको व्यक्ति नभएको प्रहरीको भनाई छ ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली, प्रदेश नम्बर १ का अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घ'ट'नास्थलमा खटिएको छ । यद्यपि ह-त्याराबारे हालसम्म कुनै सुराक प्राप्त नभएको प्रहरीले बताएको छ ।रातोपाटीबाट सभार