पोखरा पृथ्वीचोकस्थित एक होटलमा जुवा तास खेल्दै गरेको अवस्थामा कास्की प्रहरीले नग्द सहित छ जनालाई पक्राउ गरी कानुनी उपचार सुरु गरेको छ ।
पोखरा वडा न ९ पृथ्वीचोकस्थित स्याङ्जा बुटवल खाज घर भित्र तास खेलिरहेको अवस्थामा छ जनालाई दुई लाख ८६ हजार रकम सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिनु भएको हो ।
प्रबक्ता हमालका अनुसार पक्राउ पर्नेमाव् मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने ४३ वर्षीय तिलक बिक , पर्वत मोदी गाउँपालिका ३ का ५४ वर्षीय याम बहादुर लामिछाने रहेका छन ।
यसै गरी स्याङ्जा बिरुवा ३ का ४६ वर्षीय चुन बहादुर थापा तथा २६ वर्षीय विनोद बिक, पर्वत भोर्ले ४ घर भई पोखरा ९ नयाँबजार बस्ने ४८ वर्षीय जित बहादुर गुरुङ र पोखरा ६ लेकसाइड जरेबर बस्ने वसन्त श्रेष्ठ रहेका छन ।
प्रवक्ताका अनुसार उनीहरुलाई कानुनी उपचारको लागी अदालतबा म्याद थपी अनुसन्धान जारी रहेको बताएका छन ।