Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर एक युवाको मृ'त्यु, ४ घाइते

चट्याङ लागेर एक युवाको मृ'त्यु, ४ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • ०९:१६:४५ बजे
  • 673
    SHARES
  • चट्याङ लागेर एक युवाको मृ'त्यु, ४ घाइते

    रुपन्देहीको मर्चवारमा च''ट्या'ङ्ग लागेर एक युवाको मृ-त्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् ।

    images

    र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृ-त्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

    जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको च'ट्या'ङ लागेर मृ-त्यु भएको छ । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    यस्तै, चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव पनि च'ट्या'ङ'बाट घाइते भएको थापाले बताएका छन् ।

    उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

    छुट्टाछुट्टै दु'र्घ'ट'नामा दुईको मृ-त्यु

    सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ ।

    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ ।

    को ७ प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स १ त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो ।

    खंगको घटनास्थलमै मृ-त्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्या-न गएको छ । स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मु-त्यु भएको प्रहरीले जनाएको छ ।

    घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा क'रे'न्ट लाग्दा उनको घटनास्थलमै मृ-त्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चट्याङ लागेर
  • # एक युवा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology