Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पशुपतिनाथको मन्दिर आज बाट सर्वसाधारणको लागी खुल्ला

पशुपतिनाथको मन्दिर आज बाट सर्वसाधारणको लागी खुल्ला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • ०९:२७:२८ बजे
  • 403
    SHARES
  • पशुपतिनाथको मन्दिर आज बाट सर्वसाधारणको लागी खुल्ला

    पोखरा । कोरोना महामारीको दोस्रो लहर सँगै चार महिना सम्म बन्द रहेको पशुपतिनाथको मन्दिर आज बाट सर्वसाधारणको लागी खुल्ला गरिएको छ ।

    images

     

    मन्दिर आज बिहान ६ बजे सर्वसाधारणको लागी खुल्ला गरिएको हो ।

    पशुपति नाथ सँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायतका मन्दिर पन् भक्तजनका लागि खुल्ला गरिएको पशुपति बिकाश कोषले जनाएको छ ।

    गत वैशाख गत वैशाख १० गतेदेखि पशुपतिनाथ  गते देखि पशुपतिनाथ मुल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

    अव मन्दिरमा दर्शन गर्न अौन चाहने भक्तजनले अनिवार्य मास्क लगाउनु पर्ने छ ।

    एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

    एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

    लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा हिजो क्षमापूजा गरिएको थियो ।

    यसअघि विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । 

  • सम्बन्धित विषय:

  • # पशुपतिनाथ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology