Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अवैध रुपमा फेवाताल पुर्दा पुर्दै पोखराका युवा ब्यबसायी युवराज खतिवडा पक्राउ

अवैध रुपमा फेवाताल पुर्दा पुर्दै पोखराका युवा ब्यबसायी युवराज खतिवडा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • १५:४१:५४ बजे
  • 7.0K
    SHARES
  • अवैध रुपमा फेवाताल पुर्दा पुर्दै पोखराका युवा ब्यबसायी युवराज खतिवडा पक्राउ

    पर्यटकी’य नगरी पोखराको गहना मा’निएको फेवातालको जग्गा पुर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पोखराका युवा ब्यबसायी युवराज खतिवडालाई पक्राउ गरेको छ।  उनलाई प्रहरीले आज बिहान उनकै पोखरा ५ मालेपाटनस्थित घरबाटै पक्राउ गरेको हो।यो समाचार पोखराको व्यवसायीक अनलाइन पत्रिका जनसञ्चारले लेखेको छ ।

    images

    खतिवडा पोखराको पृथ्वीचोक’स्थित पोखरा सस्तो बजार, सिद्धार्थचोकको फेवा एग्रीकल्चर प्रा.ली.र वाईयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्स, पोखराको लेकसाइड सेदीस्थित वाई यु के सुपरमार्केट प्रा लि, लगायतका लगानीकर्ता हुन्।

    उनले संचालनमा ल्याएको पोखराको लेकसाइड सेदीस्थित वाई यु के सुपरमार्केट प्रा लि, अगाडी रहेको फेवातालको किनारमा रहेको जग्गामा अबैध रुपमा भौतिक संरचना निर्माण गरी माटोले जग्गा पुर्दै गर्दा हिजो प्रहरीले एक डोजर र चालकलाई पक्राउ गरेको थियो।  पक्राउ परेका डोजर चालकले आफुलाई फेवातालको जग्गा पुर्ने काम गर्न युवा ब्यबसायी भनिएका युवराज खतिवडाले लगाएको बताएपछि उनलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको घरमा पुगेको बताइएको छ।

    पक्राउ गर्न पुगेको प्रहरीलाई उल्टै अपशब्द प्रयोग गर्दै अभद्र ब्यबहार गरेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिए।  हाल जिल्ला प्रहरी कार्या’लय कास्कीको हिरासतमा राखिएका खतिवडाबिरुद्ध प्रहरीले अभद्र ब्यबहार अन्तर्गत मुद्दा चलाएर सात दिनको म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।

    स्मरण रहोस, केही महिना अघि सोही स्थानमा अबैध रुपमा तालको भूभा’ग मिचेर बनाइएको भौतिक सं’रचना पोखरा महानगरपालिकाले भत्काउदा स्थानीय बा’सिन्दासँग केही बेर प्रहरीको झडप भएको थियो भने अबैध संरचना भत्काउने कार्यलाई स्थानीय बासिन्दाले अवरोध गरेका थिए।  त्यसपछि परेको एक मुद्दामा उच्च अदालत पोखराले “फेवाताल किनार क्षेत्रमा बनेका भौतिक संरचना जे जस्तो अवस्थामा छ, अर्को आदेश नभएसम्म यथास्थितिमा राख्न” आदेश दिएको थियो।

    अदालतले सम्पूर्ण कार्य यथास्थितिमा राख्न आदेश दिएको अवस्थामा युवा ब्यबसायी भनिएका खतिवडाको निर्देशनमा यस अघि बिबादित जग्गामा डोजर लगाई माटो हालेर पुर्ने काम  गरिएको थियो ।  यस अघि उनलाई ताल पुर्ने काम नगर्न सम्झाई बुझाइ गरेर छाडिएको तर फेरी हिजो ताल पुर्ने काम जारी रहेको देखिएपछि डोजर चालकसहित डोजर समेतलाई प्रहरीले पक्राउ गरिएको प्रहरीको दाबी छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology