सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह-त्या-को आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् ।
"पक्राउ" परेका उनी ह-त्या गरिएको कार्की परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार आरोपीले अनुसन्धान ब्युरो सिआइबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको हो ।
घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । साही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई "पक्राउ" गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।
व्यक्तिगत रिसिबीका कारण ह-त्या भएको प्रहरीले जनाएको छ । गत सोमबार बिहान तेजबहादुर कार्कीसहित ६ जनको ह-त्या भएको थियो ।
घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह-त्या भएको थियो ।