ह-त्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह-त्या-का-ण्डका आरोपीलाई प'क्रा'उ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।
‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने– ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको छ ।
यद्यपि प्रहरीले आवेशमा आएर ह-त्या गरिएको भने पनि यो घटना आवेश प्रेरित ह-त्या हो कि मनासाय प्रेरित ह-त्या हो भन्ने खुलेको छैन ।
भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह-त्या भएको थियो ।
शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह-त्या अनुसन्धान गरेका थिए ।
ह-त्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा ह-त्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् ।
लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन ।
हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर ह-त्या गरेका थिए ।
तेजबहादुरलाई ह-त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर ह-त्या गरे ।
आमा र हजुरआमालाई ह-त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा ह-त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह-त्या गरेको अनुसन्धानमा संलग्न अधिकृतले बताए ।"रातोपाटीबाट सभार"