Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जातको प्रश्न

‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम दोस्रो सिजन शुभारम्भ

‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम दोस्रो सिजन शुभारम्भ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १४:२८:०५ बजे
  • 1.9K
    SHARES
  • ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम दोस्रो सिजन शुभारम्भ

    समता फाउन्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ को दोस्रो सिजन ८ अक्टोबर २०२१ देखि सुरु हुने भएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात-जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन सुरु गरेको हो ।

    images

    कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी, सङ्गीतकर्मी प्रकाश सपूत र सञ्चारकर्मी निश्मा ढुङ्गाना चौधरीले सञ्चालन गर्नेछन् ।

    ‘जातको प्रश्न’ को दोस्रो सिजन १२ अङ्कको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’ मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउन्डेसनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गरेका छन् ।

    यस पटक जातको प्रश्नमा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदीप परियारले भने -ती कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् ।

    यो प्रतिरोधमा गैर–दलित सहानुभूतिको अन्तरघुलनले जात व्यवस्थालाई चुनौती दिँदै स्वयंले पाएको सुविधा/विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउनेछ । समता फाउन्डेसन २०६५ सालमा स्थापना भएको हो ।

    यसले दलित तथा सीमान्तकृत समुदायको अध्ययन–अनुसन्धान गरी ५० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ र यसैको आधारमा नीतिगत पैरवी गरी रहेको छ ।

    समता फाउन्डेसन ‘जातको प्रश्न’ सँगै मानवअधिकार र न्याय, लैङ्गिक समानता, श्रम आप्रवासन, जलवायु परिवर्तनजस्ता जटिल विषयमा समेत समाधानमुखी बहस र पैरवी गरी रहेको छ । साथै, नेपालका सातै प्रदेशमा दलित सशक्तीकरण र विकासका लागि निरन्तर काम गरिरहेको छ ।

    समता फाउन्डेसन सामाजिक न्याय र समतामूलक समाजका निम्ति युवाको सिर्जनात्मक र "अर्थपूर्ण भूमिका"लाई प्रोत्साहन गर्दै ज्ञान निर्माणमा प्रतिबद्ध छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology