संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सा'मू'हि'क ह-त्या-मा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आ'रो'पी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् ।
ह-त्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका कार्कीलाई प-क्रा-उ गरेको थियो । २६ वर्षीय लोकबहादुर र ह-त्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।
भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका दिपेन कार्की र ५ वर्षीया गोमा कार्कीको ह-त्या भएको थियो ।
संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले ह-त्या अनुसन्धान गरेका थिए ।
"एउटै चिर्पटले ६ जनाको लगालग हत्या गरें"
मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक ह-त्या-का-ण्ड-मा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले आफूले एउटै चिर्पटले ६ जनाको पालैपालो ह-त्या गरेको बताएका छन् ।
आइतबार प्रदेश १ प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले आफूले ह-त्या गरेको स्वीकार गरेका हुन् । प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणबहादुर बिसीले कार्कीले योजनाबद्ध नभई आवेगमा आएर ह-त्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।
कार्कीले सुरुमा बडाबा तेजबहादुर कार्कीको ह-त्या गरेका थिए । तेजबहादुरको ह-त्या गरेको अरुले देखेपछि उनकी श्रीमती ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीलाई एउटै चिर्पटले हानेर ह-त्या गरेको उनले स्वीकार गरेका छन् ।
हजुरआमा र आमाको ह-त्या गरेको दीपेन र गोमा कार्कीले देखेपछि उनीहरूलाई खरबारीमा लखेटी लखेटी ह-त्या गरेको उनको भनाइ छ । पाँचजनाको हत्यापछि घर पुगेर भैंसीलाई कुँडो पकाइरहेकी हजुरआमा पार्वती कार्कीको भित्ता ठोक्काउँदै चिर्पटले हानेर ह-त्या गरेको लोकबहादुरले बयान दिएको डीआईजी बिसीले जानकारी दिए ।
सबैको ह-त्या गरेपछि घटनास्थलबाट १०० मिटर टाढा रहेको आफ्नो घरमा पुगेका थिए । ह-त्या-प-छि लोकबहादुरले अभियुक्तलाई चाँडो प-क्रा-उ गर्न भन्दै प्रहरीसँग भन्दै आएका थिए । उनले अनुसन्धानमा सहयोग मात्र ग-रे-न-न्, प्रहरीलाई खानासमेत बनाएर खुवाउँदै आएका थिए ।