तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन सचिव रामराज न्यौपानेसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आयोगले भ्रष्टाचार गरेको पुष्टि भएकाले काठमाडौं विशेष अदालत आरोप पत्र दायर गरेको जनाएको छ ।
अख्तियारले न्यौपानेसहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय तनहुँका इन्जिनियरद्वय शुकदेव अधिकारी र तीर्थराज ढुंगाना, तत्कालीन जिल्ला विकास समिति तनहुँका योजना अधिकृत गणेश घिमिरे, तत्कालीन अधिकृत ऋषिभक्त वाग्ले र साविक घाँसीकुवा गाविसका रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालविरुद्ध आरोप पत्र दाय गरेको हो ।
न्यौपानेविरुद्ध एक लाख ४७ लाख ३६४ रूपैयाँ ७५ पैसा, अधिकारीविरुद्ध ६३ हजार ७५०, घिमिरेविरुद्ध ६३ हजार ७५०, ढुंगानाविरुद्ध ७२ हजार २५० र वाग्लेविरुद्ध ७२ हजार २५० रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरिएको छ ।