ओखलढुंगामा जीप दु,'र्घटना हुँदा एक जनाको मृ,'त्यु भएको छ ।
आइतवार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका–६, मितेरीभञ्ज्याङमा टाटा सुमो दु,'र्घटना हुँदा बारा घर भएका करीब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृ,'त्यु भएको हो ।
मृ,'तक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकीन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए ।
बा११च ५२१० नम्बरको जीप दु,'र्घटना हुँदा एक जनाको घ,'टनास्थलमै मृ,'त्यु भएको र अन्य ९ जना घा,'इते भएको उनको भनाइ छ ।
घा,'इते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् । दु,'र्घटनाका घा,'इतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।
सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौंका लागि छुटेको जीपमा १० व्यक्ति सवार थिए ।
दु,'र्घटनाका घा,'इतेको उद्धार र घ,'टनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ । रासस