बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मा-न्छे खाएको खुलासा भएको छ । गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका एक पु'रु'ष'लाई पाटे बाघले खाएको भेटिएको हो ।
आज बिहान आधा शरीर खाएर आधा मात्रै बाँकी रहेको अवस्थामा श-व भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन । मृ-त-क आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन्
केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृ-त-क-को ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गर्थे ।
होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थे, हावा खाएर फर्किन्थे, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन ।
मृतकको श-व पुर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उनले बताइन । लामाका अनुसार बा-घ-ले मृ-त-क-को आधा शरिर खा-इ-स-के-को छ ।
आइतबार दिनभर गाउँ नजिकै आएर बा-घ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मा'रि'दि'ए'को लामाको भनाई छ ।
पाटेबाघको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई, तिन दिनदेखी प्रायः भेटिन्छन्, हामीले धेरै पटक बा'घ'लाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ ।
अहिले गाभर क्षेत्रमा बा'घ'ले आ'तं'क मच्चाउँदा स्थानीय त्रसित भएको लामाले बताइन ।