Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १४:१०:२१ बजे
  • 925
    SHARES
  • निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

    "स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय"ले निपाह भा'इ'र'सको स'ङ्क्र''म'ण'प्रति सचेत रहन आग्रह गरेको छ ।

    images

    मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको स'ङ्क्र'म'ण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।

    उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो ।

    यस भाइरस प्राकृतिक रुपमा ‘फुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ ।

    सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, स'ङ्क्र'मि'त व्यक्तिको रगत, दिसा र पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

    उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ ।

    यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । निपाह भा'इ'र'स'बा'ट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।

    मन्त्रालयका प्रवक्ता डा.पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले निपाह भा'इ'र'स'बाट सर्ने रोगलाई विश्वको १० प्रा-ण-घा-त-क रोगमध्ये एक मानेको छ ।

    उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # निपाह भाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology