Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विष्णु माझिलाई खोज्दै उनको माइतीघर पुग्यो प्रहरी

विष्णु माझिलाई खोज्दै उनको माइतीघर पुग्यो प्रहरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १५:४६:३९ बजे
  • 1.5K
    SHARES
  • विष्णु माझिलाई खोज्दै उनको माइतीघर पुग्यो प्रहरी

    चर्चित लोकगायिका विष्णु माझीबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ । हजारौं गीत गाएर पनि ‘गुमनाम’ जीवन बिताइरहेकी भनिएकी माझीको पछिल्लो गीत ‘चरी जेलैमा’ चर्चित भएपछि उनको अवस्थाबारे खोजी र बहस हुन थालेको हो ।

    images

    यसबीच आयोगले उनको अवस्थाबारे बुझ्न चासो देखाएको आयोगका प्रवक्ता टीकाराम पोखरेलको भनाई छ ।

    आइतबार आयोगले विष्णु माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई "पत्राचार" गरी उनको अवस्था बुझ्न भनेको थियो ।

    "सामाजिक सञ्जाल"मा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको आयोगका प्रवक्ता पोखरेलको भनाई छ ।

    स्याङजा प्रहरी प्रमुख, एसपी होबिन्द्र बोगटीका अनुसार आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको बताए ।

    पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन नमिल्ने आयोगका प्रवक्ता पोखरेलले बताए । ‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’, उनले भने ।

    हालै सार्वजनिक भएको तीज विशेष भन्दै माझीले गाएको ‘चरी जेलैमा’ गीतले पछिल्लो समय चर्चामा छ । यससँगै उनको नीजी जीवन पनि सार्वजनिक हुनुपर्ने बहस सृजना भएको हो । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् ।

    माझीले गाएको उक्त गीतलाई उनकै श्रीमान सुन्दरमणि अधिकारीले लेखनसँगै संगीत संयोजन गरेका हुन् । विष्णुबारे यसअघि पनि यस्तै चासो भएपछि स्याङजा प्रहरीले उनीहरूलाई बोलाएर सोधखोज गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले ‘गुमनाम’ जीवन बिताइरहेको बताएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # विष्णु माझि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology