Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युथ कम्युनिटि क्लव  र ग्लोबल क्लबको सहयोगमा निःशुल्क कम्प्युटर तालिम

युथ कम्युनिटि क्लव  र ग्लोबल क्लबको सहयोगमा निःशुल्क कम्प्युटर तालिम

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७८ मंगलवार • ०९:५०:२१ बजे
  • 1.2K
    SHARES
  • युथ कम्युनिटि क्लव  र ग्लोबल क्लबको सहयोगमा निःशुल्क कम्प्युटर तालिम

    पोखरा। युथ कम्युनिटी क्लब र लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीको सहयोगमा सन्ध्या जब्स प्रा।लि। बाट १८ जनाको लागि निःशुल्क तालिम आइतबार बाट एक कार्यक्रमको बीच युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लब २१२२ का अध्यक्ष तथा सन्ध्या जब्सका सञ्चालक पूर्ण कुमार श्रेष्ठ ज्यूले उद्घाटन गर्नुभयो ।

    images

     

    कार्यक्रम युथ कम्युनिटी क्लबका उपाध्यक्ष जयन्ती मोक्तानले सञ्चालन गर्नुहुँदै उपस्थित सम्पूर्णलाई ले गर्दै आइरहेको कार्यहरु, युवाव्यवसायीहरुको लागि र नँया व्यवासायीहरु उत्पादन गर्न क्लबले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको जानकारी गराउनुभयो ।
    लायन्स क्लब अफ पोखरा ग्लोबल सेन्चुरीका संस्थापक अध्यक्ष ज्यूले लायन्स क्लबले समाजमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेको र वर्ष २१२२ को अध्यक्षज्यूले गर्नुभएको कार्यलाई हृदयदेखी नै सम्मान गर्नुपर्ने बताउनुभयो ।

    यसै क्रममा युथ कम्युनिटी क्लबका अध्यक्ष, लायन्स क्लबबर्ष २१२२ का अध्यक्ष, सन्ध्या जब्सका सञ्चालक कार्यक्रमका अध्यक्ष पूर्ण कुमार श्रेष्ठ ज्यूले युवा व्यवसायीहरुबीच साथ, सहयोग र सहकार्यका लागि स्थापित युथ कम्युनिटी क्लब विगत २ वर्षदेखि पोखराबाट शुरु गरिएको हालसम्म युवाव्यवसायीहरुको लागि व्यवसायीक तालिम, अन्तरक्रिया कार्यक्रम, मोटिभेषण कार्यक्रम, जनचेतना कार्यक्रम, बृक्षरोपण, रक्तदान कार्यक्रम गरि सकेको, क्लबका सदस्यहरुबीच देखिने व्यापारमा समस्या, विभिन्न रोगबाट देखिने समस्या समाधानको लागि सदस्यहर बीच विपत व्यवस्थापन कोष सञ्चालन गरिएको जानकारी गराउन ुभयो ।

    पोखराबाट गठित क्लब हालसम्म काठमाडौँ इकाई समिति, गोरखा इकाई समिति, बुटवल इकाई समिति गठन गरि पोखरा बाहिर पनि क्लबको उद्देश्यलाई अगाडि बढाइ रहेको जानकारी गराँउदै गराउनु भयो लायन्स बर्ष २१२२ आफ्नो कार्यकाल कार्यकालव्गथि ज्ञ बाट सुरुवात सँगै क्भचखष्अभ ँयच क्म्ष्भि  लाई आत्मसाथ गर्दै हालसम्म बृक्षरोपण, रक्तदानकार्यक्रम, विपन्न परिवारलाई आर्थिक सहयोग र आज आएर निःशुल्क कम्प्युटर तालिम दिन समेत सफल भएको जानकारी गराउनुभयो ।


    विगत नौँ बर्षदेखि पोखरामा जब्स एजेन्सीको रुपमा काम गर्दै आइरहेको र हालसम्म हजारौ लाई रोजगारहरु विभिन्न तालिमहरु, रोजगार दाता, कम्पनीहरुको लागि कर्मचारी उपलब्ध गराउदै आइरहेको कम्पनीहरुको सेल्स मार्केटिङ, प्रमोशन तथा पोखरामा आउने नँया कम्पनीहरुको लागि एजेन्सीको रुपमा पनि काम गरिरहेको साथै बेरोजगारहरुको लागि दक्ष बनाई रोजगार प्राप्त बनाउनको लागि आवश्यक अनुसार विभिन्न तालिमहरु प्नि सञ्चालन गर्दै आइरहेको बताउने विगतको दिनहरुमा पनि क्लबसँग सहकार्य गरी तालिम सञ्चालन गर्ने सोचमा रहेको भन्दै उपस्थित क्लबका पदाधिकारी तथाकार्यसमिति सदस्यज्यूहरु, कर्मचारीलाई धन्यवाद दिदैँ तालिमको लागि उपस्थित दाजुभाई दिदीबहिनीहरुलाई तालिमबाट सिकेको ज्ञान व्यवहारमा लागु गरि रोजगार र व्यवसायमा लागु गर्नकोे लागि शुभकामना दिनुहुँदै अध्यक्ष पूर्ण कुमार श्रेष्ठले कार्यक्रम समापन गर्नु भयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology