Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निपा भाइरस फैलाउने चमेरो नेपालमै, संक्रमणकाे जाेखिम !

निपा भाइरस फैलाउने चमेरो नेपालमै, संक्रमणकाे जाेखिम !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • १०:०४:३८ बजे
  • 1.1K
    SHARES
  • निपा भाइरस फैलाउने चमेरो नेपालमै, संक्रमणकाे जाेखिम !

    नेपाल पनि निपा भाइरस संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्।

    images

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार निपा भाइरस संक्रमण गराउने प्रजातिको चमेरो नेपालमा पाइएको छ।

    त्यसकारण नेपाल उक्त भाइरस संक्रमणको उच्च जोखिममा परेको उनको भनाइ छ।

    उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभागमा सो प्रजातिको चमेरो पाइन्छ। ‘काठमाडौं उपत्यकाको केशरमहलमा समेत यो प्रजातिको चमेरो प्रशस्तै देखिन्छ,’ उनले भने।

    निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ।

    यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

    उक्त प्रजातिको चमेराले टोेकेको फलफूल राम्रोसँग नपखाली खाएको अवस्थामा यो भाइरस मानिसमा सर्छ।

    संक्रमित व्यक्तिका दिशा, पिसाब, थुक, पसिना, रगत आदिबाट समेत अन्य व्यक्तिमा यो भाइरस सर्ने गर्छ। बंगुर व्यवसायीहरू त यो संक्रमणको झनै जोखिममा हु्न्छन्। "याे खबर नागरिक दैनिकमा छ" ।

  • सम्बन्धित विषय:

  • # निपा भाइरस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology