पोखरा । नेपाल प्रहरी प्रधान कार्यालयले पत्रकारको मोटरसाइकलमा ला,गुऔ,षध राखेर फसाउन खोजेको घटनामा मुछिएपछी काठमाण्डौ तानिएका रौतहट प्रमुखको स्थानमा एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ ।
पत्रकारको मोटरसाइकलमा प्रहरीले नै ला,गुऔ,षध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए ।
उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए ।
अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा काज सरुवा गरेको छ । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई ला,गूऔ,षध ना,इट्राभे,टसहित पक्राउ गरेको जनाएको थियो ।
तर अनुसन्धानको क्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर मोजुबुल्लाहको मोटरसाइकलमा ला,गूऔ,षध राखिदिएको पुष्टि भएको थियो ।
अर्का पत्रकार सञ्जय सहनीको मुख्य योजनामा यो घटना भएको प्रहरीको दाबी थियो । त्यसपछि प्रहरीले माफी माग्दै पत्रकार मोजुबुल्लाहलाई छाडिदिएको थियो ।
प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो । त्यसअघि उनले ‘एक्लै हो ?’ भनेर पनि सहनीलाई प्रश्न गरेका छन् ।
यो अडियो सार्वजनिक भएपछि एसपी शाह विवादमा मुछिएका थिए ।