नवलपुर । एका बिहानै नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक एक आपसमा ठ,क्कर खाँदा तीन जनाको मृ,त्यु भएको छ भने दुर्घटनामा २४ जना घा,इते भएका छन् ।
गैंडाकोट नगरपालिका वडा नं १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठो,क्किएका हुन् ।
बस सडकदेखि १० फिट तल ख,स्दा दुई जना महिला र एकजना पुरुषको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।
दु,र्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृ,त्यु भएको हो । मृ,तकहरुको परिचय खुलेको छैन ।
प्रहरीका अनुसार दुर्घटनामा २४ जना घा,इते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।