Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७८ मंगलवार • १०:४०:२३ बजे
  • 2.1K
    SHARES
  • लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

    रासस, लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् ।

    images

     

    तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

     

    कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए । गत एक वर्षका अवधिमा २० बालबालिका हराएका थिए ।

     

    तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।

     

    सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # रासस
  • # बालबालिका हराए
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology