Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी आनन्दबगरमा रातको समयमा अवैध बालुवा चोरी गर्ने प्रहरी नियन्त्रणमा

म्याग्दी आनन्दबगरमा रातको समयमा अवैध बालुवा चोरी गर्ने प्रहरी नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २९, २०७८ मंगलवार • ११:०९:२२ बजे
  • 1.4K
    SHARES
  • म्याग्दी आनन्दबगरमा रातको समयमा अवैध बालुवा चोरी गर्ने प्रहरी नियन्त्रणमा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर स्थित कालिगण्डकी किनार आनन्द बगरमा रातको समयमा स्काभेटरको प्रयोग गरेर नदि दोहन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीले तिन जनालाई नियन्त्रणमा लिएको छ ।यो समाचार हामीले जन सन्देशबाट साभार गरेका हौ ।

    images

     

    मध्य रातमा स्थानीयहरुलाई डर र धम्की दिदै बालुवा उत्खनन् गरीरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, शसस्त्र प्रहरीबलका शसस्त्र प्रहरी नायव उपरिक्षक हरि गुरुङ र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका डिएसपी महेश गुरुङ सहितको प्रहरीको टोलिले गए राति बालुवा उत्खनन् गरीरहेको अवस्थामा ग १ क ४४५६ नम्बरको स्काभेटर सहित उनिहरुलाई प्रकाउ गरेको हो ।

    प्रकाउ पर्नेहरुमा बेनी नगरपालिका १ रत्नेचौरका कृष्णबहादुर बोगटी (सन्तोष), बेनी नगरपालिका ६ का डोलेन्द्र खत्री र स्काभेटरका चालक श्यामबाबु चौधरी रहेका छन् । प्रकाउ परेका सन्तोष बोगटी बालुवा चोरी निकासी गर्ने मुख्य नाईके हुन् । उनले डोलेन्द्र खत्रीलाई नजिकै मान्छे हेर्ने काममा लगाएका थिए भने चालक चौधरीले स्काभेटरको प्रयोग गरी नदिबाट वालुवा निकाली रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले बताउनु भयो ।


    सिभिलमा खटीएको प्रहरीको टोलिले सोधपुछ गर्ने क्रममा बोगटी सहित रहेको उक्त तिन जनाको समुहले प्रहरी माथी नै अपशब्द प्रयोग गरी हातपात तथा अभद्र ब्यवहार समेत गरेको प्रनाउ राईले बताउनु भयो ।

    बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन र चोरी निकासी भएको यो घटना भने पहिलो होइन यस भन्दा अगाडि पनि पटक पटक उक्त स्थानमा स्काभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक राईले बताउनु भयो ।

    केही समय पहिले समेत अनुगमनका क्रममा स्काभेटरको प्रयोग गरेर बालुवा उत्खनन् गरेको थाहा पाएपछी प्रहरीले नियन्त्रणमा ल्याएर सम्बन्धित निकाएमा पु¥याएको थियो ।

    कार्वाही गर्ने निकाएले भने लाखौंको बालुवा चोरी गर्नेहरुलाई प्रक्रिया मात्रै पु¥याएर छाड्ने गरेको छ । यसले गर्दा उनिहरु झनै बालुवा चोरी तथा निकासी गर्न उत्साहीत बनेको देखिन्छ ।

    सर्वाेच्च अदालतबाट समेत २०७८ साल अषाढ २९ गते प्रधानन्याधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा कालिगण्डकी नदि विश्वकै पवित्र नदि रहेको र कालिगण्डकी नदिमा भै रहेको नदि दोहनले शालीग्राम चोरी निकासी हुन सक्ने भन्दै कालिगण्डकीको सौन्दर्यलाइ नै असर पर्ने गरी नदीको प्राकृतिक बहावलाइ परिवर्तन गर्ने, ड्याम बनाउने, जस्ता कार्यहरु बन्द गर्न लगाउने अन्तरिम आदेश जारी भएको थियो । तर उक्त आदेशको समेत अवज्ञा गरी तस्कर हरुले कालिगण्डकी नदिमा दोहन गर्न भने छाडेका छैनन् ।

    यसरी प्रहरी, प्रसाशन र नगरपालिका पुग्न १० मिनेट पनि नलाग्ने ठाउँमा चोरी निकासी हुँदा प्रशासन, नगरपालिका र प्रहरी भित्र कै सेटिङ्ग र संरक्षणमा उक्त ब्यक्तिहरुले वालुवा चोरी निकासी गरिरहेको आम सर्वसाधरणको बुझाई रहेको छ ।

    अबैध रुपमा भै रहेको नदि दोहन कार्य रोक्न सम्बन्धित सारोकारवाला निकायको ध्यान जान समेत जरुरी देखिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology