Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कु'ट'पि'ट

काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कु'ट'पि'ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०७८ मंगलवार • १९:२५:५३ बजे
  • 1.1K
    SHARES
  • काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कु'ट'पि'ट

    पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कु'ट'पि'ट भएको छ ।

    images

    कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताए ।

    उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् । ‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि प'क्रा'उ गरिएको हो,’

    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘बो'क्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

    प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए ।

    थिङले महिलालाई बो'क्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

    प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंह बताउँछन् ।

    घाउ जाँच गराएर प्रतिवेदन तयार गरेपछि उहाँ अहिले घरमै हुनुहुन्छ-भने ।

  • सम्बन्धित विषय:

  • # बोक्सी आरोपमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology