"पहिरो खस्दा बन्द भएको मुग्लिन-नौबिसे" सडक खुलेको छ ।
सडक माथिबाट पहिरो झरेपछि दुईतर्फी यातायात अवरुद्ध बनेको थियो ।
अहिले सडक खुलाएर दुईतर्फी यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै आज बिहान २ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएर सडक खुलेपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिएका छन ।