Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

 बालिकालाई ट्रकमा हालेर लगि ब'ला'त्का'र गरेको आरोपमा २ पक्राउ

 बालिकालाई ट्रकमा हालेर लगि ब'ला'त्का'र गरेको आरोपमा २ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • १०:०९:२७ बजे
  • 910
    SHARES
  •  बालिकालाई ट्रकमा हालेर लगि ब'ला'त्का'र गरेको आरोपमा २ पक्राउ

     बालिकालाई ज-ब-र्ज-स्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images

    प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सहचालक दुवैले बालिकालाई ज-ब-र्ज-स्ती क-र-णी गरी फरार रहेकामा खोजतलासका क्रममा दुवै जनालाई मङ्गलवार पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गत शनिबार भक्तपुरको भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित सडकखण्डमा पूर्वतर्फ जानका लागि भनी गाडी कुरिरहेकी अन्दाजी वर्ष १३ की बालिकालाई गन्तव्यसम्म पु-याइदिने भन्दै ट्रकमा हालेर अरनिको राजमार्गअन्तर्गत बनेपा–१२ साझा पेट्रोलपम्प अगाडि लगेर गाडीभित्रै ज-ब-र्ज-स्ती क-र-णी गरेर फरार रहेको अनुसन्धानबाट खुलेको हो ।

    बालिकालाई गन्तव्यसम्म नपु¥याई सोही स्थानमा छाडी गाडी लिएर फरार भएका दुई जनालाई प्रहरीले धुलिखेल नगरपालिका–७ बाट ट्रकसहित नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा गाडी चालक झापाको हल्दीबारी गाउँपालिका–५ का ३२ वर्षीय हर्कबहादुर विश्वकर्मा र सोही गाडीका सहचालक मोरङको उर्लाबारी नगरपालिका–१ का १८ वर्षीय निदीप धिमाल रहेको प्रहरीले जनाएको छ ।

    घटनापश्चात अनुसन्धानमा रहेको प्रहरीले दुवै जनालाई प्रदेश–२–०३–००१ख १४८५ नंको भाडाको ट्रक मोरङबाट बिपी राजमार्ग हुँदै काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा धुलिखेलचोकबाट नियन्त्रणमा लिएको प्रनाउ खतिवडाले बताउनुभयो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको संलग्नता रहेको खुल्न आएको र पीडितको परिवारबाट ज-ब-र्ज-स्ती क-र-णी-सम्बन्धी कसुरमा किटानी जाहेरी लिई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । "पीडित बालिका"लाई भने प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology