Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुखमा डेरा बनाएर पढ्ने विद्यार्थीलाई उपमेयरको सहयोग

रुखमा डेरा बनाएर पढ्ने विद्यार्थीलाई उपमेयरको सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७८ बुधवार • ११:१५:३४ बजे
  • 934
    SHARES
  • रुखमा डेरा बनाएर पढ्ने विद्यार्थीलाई उपमेयरको सहयोग

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् ।

    images

    हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा अध्ययनरत मगरलाई राईले मोबाइल चार्ज गर्न एक थान व्याकअप, एउटा झोला, एउटा डिक्सनेरी, पाँचवटा कपी र एउटा डायरी प्रदान गरेकी हुन् ।

    रुखमा डेरा बनाएर पढ्न अग्रसरता देखाएका छात्र मगरको प्रोत्साहनका लागि उपमेयर राई हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउतसहित अर्खौले पुगेका थिए ।

    महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दा छात्र मगर अर्खौलेको नवलपुर सिम्लेस्थित घरनजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए ।

    छात्र मगरले घर वरपर मोबाइल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी भएको बताए ।

    हाल उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

  • सम्बन्धित विषय:

  • # रुखमा डेरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology