Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद,दुई जना प्रकाउ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद,दुई जना प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७८ बुधवार • १४:५७:०१ बजे
  • 691
    SHARES
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद,दुई जना प्रकाउ

    पोखरा । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले करौडौ मुल्य बराबरको गहना सहित दुई जनालाई प्रकाउ गरेको छ ।

    images

     

    श्री एयरलाइन्सको बिमानमार्फत काठमाण्डौ देखी विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

    भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology