Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुन पसलमा छापा मार्दा स्रोत नखुले ३८ लाख ५१ हजार १ सय रुपैया सहित दुई जना प्रकाउ

सुन पसलमा छापा मार्दा स्रोत नखुले ३८ लाख ५१ हजार १ सय रुपैया सहित दुई जना प्रकाउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३१, २०७८ बिहिवार • ११:०३:३८ बजे
  • 1.1K
    SHARES
  • सुन पसलमा छापा मार्दा स्रोत नखुले ३८ लाख ५१ हजार १ सय रुपैया सहित दुई जना प्रकाउ

    बीरगञ्जमा प्रहरीले एक सुन पसलमा छापा मार्दा स्रोत नखुले ३८ लाख ५१ हजार १ सय रुपैया सहित दुई जनालाई प्रकाउ गरेको छ ।

    images

     

    जिल्लाको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।

    सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    २०७६ असारमा पनि प्रहरीले सोही पसलमा छापामारी गरेर ८ जनालाई पक्राउ गरेको थियो । त्यसबखत स्रोत नखुलेको नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम चाँदी बरामद गरेको थियो ।

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology