काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बाेलेराे रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृ'त्यु भएको छ ।
आज बिहान मन्थली नगरपालिका वडा नम्बर-६ हात्तिसार कुनौलीबाट जीप खसेर दु'र्घ'ट'नामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी जनाएकाे छ । दु'र्घ'ट'नामा परी एक जना गम्भीर घाइते भएको छन् ।
ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृ'त्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेकाे छैन । घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
"ट्रक दुर्घटनामा वडा सदस्यको मृ'त्यु"
गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दु'र्घ'ट'नामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृ'त्यु भएको छ ।
पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दु'र्घ'ट'ना भएको खानीखोला इलाका प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृ'त्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो ।